आईतवार, फाल्गुन ३,२०८२ 04:22:27
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:22:27
Bizshala
Global IME Bank Limited

हालसम्म एक दर्जन बीमा कम्पनीको लाभांश घोषणा, अधिकांशको नगदमा जोड

हालसम्म एक दर्जन बीमा कम्पनीको लाभांश घोषणा, अधिकांशको नगदमा जोड
Shivam Cement

काठमाण्डौ । हालसम्म एक दर्जन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा ७ जीवन बीमा कम्पनी र ४ निर्जीवन बीमा कम्पनी रहेका छन् ।

यस वर्ष बीमा कम्पनीहरु समयमा लाभांश घोषणा गरी साधारण सभा गर्ने तरखरमा देखिएका छन् । गत वर्ष समयमै साधारण सभा गर्न नसक्दा नेपाल बीमा प्राधिकरणले केही कम्पनीहरुलाई जरिवाना लगाएको थियो । सोही कारण यस वर्ष बीमा कम्पनीहरु धमाधम लाभांश घोषणा गरी समयमै साधारण सभा गरिसक्ने तयारीमा लागिपरेका छन् ।

लाभांश घोषणा गर्ने जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफ रहेका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जीवन बीमातर्फ सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स हरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियर, नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स छन् । निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी लाभांश प्रस्ताव गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लाभांश घोषणा गर्ने अधिकांश बीमा कम्पनीहरुले नगदमा बढी जोड दिएका छन् । ११ बीमा कम्पनीमध्ये ४ वटाले मात्रै बोनस सेयर दिने प्रस्ताव गरेका छन् भने ७ कम्पनीले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् ।

साथै उक्त कम्पनीहरु मध्ये तीनवटा कम्पनीले बुकक्लोजको मिति तोकिसकेका छन् । जसमा सिटिजन लाइफ, आइएमई लाइफ र नेपाल लाइफ छन् । सोमध्ये आइएमई लाइफ र नेपाल लाइफले साधारण सभा समेत आह्वान गरिसकेका छन् ।

 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.