आईतवार, बैशाख ६,२०८३ 05:41:38
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:41:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक दर्जन कम्पनीको सेयरभाउ दुईसय रुपैयाँभन्दा कम, लगानीका लागि कति उचित ?

Bizshala
एक दर्जन कम्पनीको सेयरभाउ दुईसय रुपैयाँभन्दा कम, लगानीका लागि कति उचित ?
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनपछि लय लिन नसकेको सेयरबजार अहिले साइडवेजमा चलिरहेको छ । हरेक दिनजसो बजार सामान्य अंकले घटिरहेको छ भने कारोबार रकम पनि न्यून विन्दुमा झरेको छ ।

बजारमा सानो–सानो अंकको उतारचढाव देखिएको छ । बजार न त ह्वात्तै बढ्न नै सकेको छ, न त घट्न नै । अधिकांश लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन्, जसकारण पछिल्लो समय बजारमा कारोबार अत्यासलाग्दो गरी सुस्ताइरहेको छ ।

अस्थिर राजनीतिका कारण लगानीकर्ताहरुमा मनोबल बृद्धि हुन सकिरहेको छैन । केही विश्लेषकहरुका अनुसार अहिले बजारमा लाभांश सिजन चलिरहेको हुँदा लगानीको लागि उचित अवसर भएतापनि लगानीकर्ताहरु ढुक्कसँग बजार छिर्न सकिरहेक छैनन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सेयरबजार सुस्ताइरहेको बेला कतिपय कम्पनीहरुको सेयर झण्डै आइपीओकै मूल्यमा पाउन थालिएको छ । अंकित मूल्य भन्दा पनि तल झर्ने अवस्था आएपछि लगानीकर्ताहरु अत्तालिन थालेका छन् ।

अहिले नेप्सेमा एक दर्जन कम्पनीको सेयरभाउ २ सय रुपैयाँ भन्दा तल छ । जसमा सबै वाणिज्य बैंकहरु र हाइड्रो कम्पनीहरु छन् ।

वाणिज्य बैंकहरुमा कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन् भने हाइड्रो कम्पनीहरुमा शिव श्री हाइड्रो, अप्पर तामाकोशी, हिमाल दोलखा, बलेफी, आँखु खोला जलविद्युत, नेशनल हाइड्रोपावर र लिवर्टी इनर्जी रहेका छन् ।

 

CG Motors
Garima Development Bank
IME remit

बजारले लय लिन नसक्दा एक दर्जन कम्पनीको सेयरभाउ न्यून विन्दुमा पुगिसकेको छ । तर लगानीकर्ताहरुलाई उक्त कम्पनीहरुको सेयर खरिद गर्ने उपयुक्त अवसर पनि हुन सक्छ । यदि कसैले बजारमा सस्तो सेयरभाउ रहेका कम्पनीको सेयरमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने उहाँहरुको लागि यी कम्पनीहरु उचित अवसर बन्न सक्छ ।

तर लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था तथा आधारभुत पक्ष विश्लेषण गर्न जरुरी हुन्छ । सस्तोमा पाइयो भन्दैमा झट्टै लगानी गर्दा पनि जोखिम हुन सक्ने भएकाले आफ्नो लगानीबाट कस्तो रिटर्न पाउन सकिन्छ भनेर लगानीकर्ताले अध्ययन गर्न जरुरी हुन्छ ।

अहिले बजारमा लो क्याप भएका कम्पनीको सेयरभाउ चाँडै बढ्ने वा घट्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा लगानीकर्ता आफैं चनाखो हुन सकेमा लो क्याप कम्पनी छानेर लगानी गर्दा उचित हुन्छ । साथै हाई क्याप कम्पनीको सेयरभाउ पनि खासै उतारचढाव नदेखिने र रिस्क पनि कम हुने गर्दछ । बजारमा नयाँ लगानीकर्ताहरुका लागि तुलनात्मक रुपमा हाई क्याप कम्पनीहरु र आधारभुत पक्षमा बलिया कम्पनीहरु उचित हुन सक्छ ।

नोटः यो अध्ययन लगानीकर्तालाई कुनै पनि कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको होइन ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.