बिहीबार, श्रावण १४,२०८३ 03:32:04
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:32:04
Bizshala
Global IME Bank Limited

पक्राउ परेदेखि मुखमा अन्न नहालेका दीपेन्द्र अग्रवालको स्वास्थ्य नाजुक, भोलिदेखि पानी पनि नपिउने घोषणा

पक्राउ परेदेखि मुखमा अन्न नहालेका दीपेन्द्र अग्रवालको स्वास्थ्य नाजुक, भोलिदेखि पानी पनि नपिउने घोषणा
New Office

काठमाण्डौ । सेयर लगानीकर्ता तथा चर्चित कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेको दिनदेखि खाना नखाएका कारण बयान दिन नसक्ने अवस्थामा पुगेका छन् । 

उनलाई शुक्रबार प्रहरीले काठमाण्डौको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेको दिनदेखि नै आफूविरुद्ध धितोपत्र बोर्डले फाइल अगाडि बढाएर पूर्वाग्रह साँधेको, आफूजस्ता बजारका धेरै ठूला खेलाडीहरुलाई उन्मुक्ति दिने र उनीहरुसँग सम्बन्धित फाइल सेबोनमै थन्काउने अन्यायपूर्ण काम भएको र ती सबैमाथि कारबाही हुनुपर्ने तथा सेबोन भ्रष्टाचारमा चुर्लुम्म डूबेकोले त्यसमा संलग्नमाथि कारबाही हुनुपर्ने, सेबोनका अध्यक्ष समेत विभिन्न घूसकाण्डमा मुछिएकाले त्यसको निश्पक्ष छानबिन गर्नुपर्ने लगायतका माग राखी भोक हड्ताल थालेका थिए ।  

हिरासतमा भोक हड्ताल थालेका उनले पानी मात्र पिएका र हालसम्म अन्न नखाएपछि शारीरिक कमजोरीले बयान दिने अवस्था समेत नरहेको उनका एक सहयोगी दाबी गरे । 

ती सहयोगीका अनुसार अग्रवालले भोलि(मंगलबार)देखि भने पानी समेत नखाई प्रहरी हिरासतमै अनसन थाल्ने घोषणा गरेका छन् ।  

अग्रवालको पक्षमा उनका परिवारजनले हालेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई भोलि नै रहेको छ ।  

नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रारम्भिक अनुसन्धानका क्रममा जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भित्री कारोबार गरेको देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई अनुरोध गरिएको थियो । सेबोनले आफ्नो अनुसन्धान प्रतिवेदन सीआईबीलाई पठाएको केही दिनमै अग्रवाललाई पक्राउ गरी हिरासतमा राखिएको थियो ।  

अनुसन्धान सकिएपछि थप कारबाहीका लागि अदालतमा पेश गरिने र त्यहीबाट अदालतले कारबाहीको आदेश जारी गर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.