शुक्रबार, भाद्र ५,२०८३ 06:55:02
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 06:55:02
Bizshala
Global IME Bank Limited

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’
New Office

काठमाण्डौ । डेल्टा अटोकर्प प्रालिअन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् ।

मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ। यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ ।

Bizshala
CG Motors

यस स्कीममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कूटरमा १० हजार रुपैयाँसम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४० हजार रुपैयाँको ग्यारेन्टीड मूल्यांकन प्रदान गरिनेछ ।

स्कूटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले केवल ४.९९% ब्याजदरमा इएमआई फाइनान्स सुविधा र ० प्रतिशत सर्भिस चार्जको सुविधा प्रदान गर्दैछ । थप, अफर अवधिभर हरेक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिनेछ ।

‘जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले ’चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ । प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो। गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,’ डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतोल बताए ।

‘चिसो विन्टर, तातो अफर’ २०८२ पौष ९ गते देखि २०८२ फागुन ८ (२०२५ डिसेम्बर २४ देखि २०२६ फेब्रुअरी २०) गते सम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागु हुनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.