काठमाण्डौ । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगमा बयान दिन जान तयार रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आयोगले बोलाएको जानकारी लिएर सोमबार बयान दिने निर्णय गरेको बताए।
उनका अनुसार, आयोगले उनलाई बिहीबार बयानका लागि बोलाएको थियो, तर उनले सोमबार १४ गते उपस्थित हुने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।