शनिबार, फाल्गुन ९,२०८२ 10:22:37
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 10:22:37
Bizshala
Global IME Bank Limited

सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण

सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
Shivam Cement

काठमाण्डौ । अटोमोबाइल ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकालाई आफ्नो शोरूममा न्यानो स्वागत गरेको छ। यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो।

साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिने र खुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो भ्रमण सफल भएको कम्पनीले जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

भ्रमणको सुरुमा नामीले बालबालिकालाई उनीहरूको आश्रयस्थलबाट स्नेहपूर्वक शोरूम सम्म ल्याएको थियो। त्यसपछि गराइएको शोरूमको गाइडेड टुरले बालबालिकालाई आत्मीयता, सम्मान र उत्साहको अनुभूति गरायो। भ्रमणअवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झन लायक बनाएका थिए।

बालबालिकाको खुसीलाई अझै बढाउन नामीले जलपान र उपहारको व्यवस्था पनि गरेको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै, सान्ताक्लजसँगको रमाइलो भेटले पनिउनीहरूको उत्साहरआनन्द थप बढाउन सफल भयो। सबै जनासँगै बसेर खानपिन गर्दै बिताएका क्षणहरूले सहजता र हर्षको वातावरण सिर्जना गरेको थियो, जसले बालबालिका र टिमका सदस्यहरू बीच आत्मीय सम्बन्ध स्थापित गराउन सफल भयो।बालबालिकाको उपस्थितिले शोरुम हाँसो, मुस्कान र उमंगले भरिपूर्ण भएको थियो, जसले गर्दा यो भेट साँच्चिकै मन छुने बनेको थियो।

यस भ्रमणको विशेष क्षणहरू मध्ये एक तस्बिरमा यी खुसीकापलहरूलाई कैद गर्नुपनि थियो। सबैले खुसी, एकता र ममताको प्रतीककारूपमा सामूहिक तस्बिर खिची भ्रमणका रमाइला सम्झनाहरू सुरक्षित गरेका थिए। 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.