काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आज अन्तिम दिनसम्म ३२.९८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन हो ।
कम्पनीले पुस ८ गतेदेखि सर्वसाधारणहरुका लागि कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
कम्पनीले प्रतिसेयर ८२०.८० रुपैयाँका दरले सेयर निष्कासन गरेको हो, जसमा आवेदकले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
कम्पनीको आइपीओ ५० कित्ताका दरले बाँडफाँड गर्दा जम्मा साढे १८ हजार आवेदकले मात्रै सेयर पाउनेछन् । यसर्थमा आवेदन दिएका कुल आवेदकमध्ये ५ लाख ६५ हजार भन्दा बढीको हात खाली हुनेछ ।

