बुधबार, भाद्र ३,२०८३ 06:04:23
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:04:23
Bizshala
Global IME Bank Limited

दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश
New Office

काठमाण्डौ । चर्चित सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा हुने भएका छन् ।  

काठमाण्डौ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आज(आइतबार) आदेश दिएको हो ।  

अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया भइरहेको प्रहरी स्रोतले जनाएको छ । 

Bizshala
CG Motors

उनलाई १० दिनअघि काठमाण्डौको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।  

पक्राउ परेका उनलाई हिरासतमा राखी थप अनुसन्धान गरिएको थियो । उनले हिरासतभित्रै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूमाथि पूर्वाग्रही भएर कारबाही गराउने काम गरेको भन्दै अनसन पनि थालेका थिए । उनले भोक हड्ताल समेत गरेका थिए । 

पक्राउ परेको केही दिनपछि परिवारजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको थियो । अग्रवाल पक्षले हिरासतबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने र सीआईबीलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।  

अदालतले अग्रवाललाई थप हिरासतमा राखेर अनुसन्धान गरिरहनुपर्ने कारण र आधार नदेखिएको भन्दै धरौटीमा रिहा गर्न भनेको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.