आईतवार, बैशाख ६,२०८३ 02:12:27
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:12:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ वर्षको अवसरमा दराजद्वारा ‘दराज १.१, द नं १ सेल’ सार्वजनिक

Bizshala
नयाँ वर्षको अवसरमा दराजद्वारा ‘दराज १.१, द नं १ सेल’ सार्वजनिक
Shivam Cement

काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १.१, द नं १ सेल सार्वजनिक गरेको छ । वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१, २०२५ (पुष १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ ।

१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६० प्रतिशतनसम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नेछन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन् । गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबक लगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन् । त्यसै गरी, सिल्भर पार्टनर नाइकका तर्फ बाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ ।

यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ । डिसेम्बर ३१ राति ८ बजेदेखि उपलब्ध गरिने यी डिलहरु सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन् । साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा  अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।

CG Motors
Garima Development Bank
IME remit

ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पुर्याउने सोचका साथ, ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा विगतमा झैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यस अन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सक्नेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.