काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९र८० का लागि घोषणा गरेको २.२२११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६१.७४ रुपैयाँ कायम भएको छ । अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७२ रुपैयाँ कायम थियो । आइतबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ ।
कम्पनीले गत आर्थिक २०७९/८० का लागि २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश गरी कुल २.३३ प्रतिशत लाभांश घोषणा गरेको छ । यो लाभांश कम्पनीको आगामी चैत २९ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।