शुक्रबार, श्रावण २२,२०८३ 12:36:24
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:36:25
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

रिलायन्स स्पिनिङ मिल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कुल सदर आवेदकमध्ये १८ हजार ४९५ जनालाई ५० कित्ताका दरले ९ लाख २४ हजार ७५० कित्ता सेयर बाँडफाँड गरिएको छ भने बाँकी १८ कित्ता सेयर १८ जनालाई थप एक/एक कित्ता बाँडफाँड गरिएको छ ।

सेयर पाउने भाग्यमानी लगानीकर्ताहरुमा यतिबेला कम्पनीको सेयरले पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि २४२.०५ रुपैयाँदेखि ७२६.१५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणा सम्म मूल्य तोक्ने गर्दछ ।

यो कम्पनीको आव २०७९/८० को वास्तविक प्रतिसेयर नेटवर्थ (सम्पत्तिमा पुर्नमूल्याङ्कन जगेडा र सेयर प्रिमियम बाहेक) २४२.०५ रुपैयाँ रहेको छ । तर कम्पनीको नेटवर्थ आव २०८०/८१ भने घटेर २१२.११ रुपैयाँमा कायम हुने कम्पनीले प्रक्षेपण गरेको छ ।

त्यस्तै, आव २०८१/८२ मा २२५.१२ रुपैयाँ र आव २०८२/८३ मा भने बढेर २५९.१५ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि प्रतिसेयर ८२०.८० रुपैयाँका दरले ९ लाख २४ हजार ७ सय ६८ कित्ता निष्कासन गरेको थियो । उक्त आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्था थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.