काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले अमेरिकी बजारबाट ४ लाख युनिट बढी कार फिर्ता मगाएको छ । कारमो प्राविधिक सम्स्या रहेको भन्दै कम्पनीले टेलुराइड एसयुभीको ४ लाख २७ हजार ४०७ युनिट कार बजारबाट फिर्ता मगाएको हो ।
कम्पनीले फिर्ता मगाउने निर्णय गरेको यो टेलुराइड एसयुभी सन् २०१९ मा लञ्च भएको कार हो । यो कारले अमेरिकामा राम्रो बजार लिएको थियो । कारको फराकिलो स्पेसका कारण यो कार अमेरिकीको रोजाइमा परेको थियो । टेलुराइडको माग यति धेरै छ कि कियाले माग बमोजिम उत्पादन नै गर्न सकिरहेको छैन ।
अमेरिकाको ‘नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रशनका अनुसार कारको मुख्य स्टिेरिङ ह्विल राम्रोसँग जडान नभएको पाइएपछि कारलाई फिर्ता मगाउने निर्णय गरिएको हो । यो कमजोरीका कारण पार्क भएका बेला पार्किङ ब्रेक नलागएका बेला कारमा हलचाल हुनसक्ने सेफ्टी एडमिनिस्ट्रशनले जनाएको छ । यो समस्याबाट प्रभावित कारले बेग्लै अस्वभाविक आवाज निकाल्ने जनाइएको छ ।
बजारबाट फिर्ता मगाइएको सबै टेलुराइड कार किया डिलरमा ल्याउनुपर्ने र त्यहाँ कारमा विद्युतीय पार्किङ ब्रेक जडान गरिनेछ उल्लेख गरिएको छ । -एजेन्सी