काठमाण्डौ । शोधानान्तर स्थिति ४ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा शोधानान्तर स्थिति २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको हो ।
जुन गत वर्षको तुलनामा ८७.२२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म शोधानान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता रु.३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।
त्यस्तै, खुद पुँजीगत ट्रान्सफर रु.७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. ३ अर्ब ५० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६ अर्ब ३ करोड रहेको थियो ।

