काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा ५ जना नर्वाचित भएका छन् । संस्थाको चैत १७ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी तर्फ रिक्त रहेको सञ्चालक पदमा ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना गरी कुल ५ जना निर्वारोध निर्वाचित भएका हुन् ।
निर्वारोध निर्वाचित हुनेमा महेश कुमार पोखरेल,पुनित कुमार सारडा,सुमित अधिकारी र होम शंकर दाहाल रहेका छन् । सर्वसाधारण सेयरधनीका तर्फबाट भने दिव्यप्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले निर्वाचित सञ्चालकहरुलाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालक पदमा बहाली गर्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले महेश कुमार पोखरेललाई सर्वसम्मत रुपमा संस्थाको अध्यक्ष चयन गरेको छ ।