काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा काठमाण्डौको रिङरोड भित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ । यो सेवा माघ एक गतेदेखि सुरु भएको छ । यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ ।
नर्भिकले आपतकालिन अवस्थामा बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।