काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.१८ रुपैयाँ र बिक्रीदर १४४.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यही सटही दर कायम थियो ।
यस्तै आज यूरो र पाउण्डको भाउ भने घटेको छ । आज एक यूरोको खरिददर १६७.७४ रुपैयाँ र बिक्रीदर १६८.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६७.९४ रुपैयाँ र बिक्रीदर १६८.६४ रुपैयाँ कायम थियो ।
यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १९३.५३ रुपैयाँ र बिक्रीदर १९४.३३ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १९३.८८ रुपैयाँ र बिक्रीदर १९४.६९ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९६.५७ रुपैयाँ र बिक्रीदर ९६.९७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२५ रुपैयाँ र बिक्रीदर ३९.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६९ रुपैयाँ र बिक्रीदर २०.७८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५६ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४५ रुपैयाँ र बिक्रीदर ३९.६१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८२ रुपैयाँ र बिक्रीदर ९.८६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७१.४८ रुपैयाँ र बिक्रीदर ४७३.४५ रुपैयाँ कायम भएको छ ।

