आईतवार, फाल्गुन ३,२०८२ 02:09:25
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:09:25
Bizshala
Global IME Bank Limited

पूँजी पुगेपछि अधिकांश बीमा कम्पनीको नगदमा जोड, चार कम्पनीको निर्णय हुन बाँकी

पूँजी पुगेपछि अधिकांश बीमा कम्पनीको नगदमा जोड, चार कम्पनीको निर्णय हुन बाँकी
Shivam Cement

काठमाण्डौ । हालसम्म अधिकांश बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । जीवन बीमातर्फ सबै कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् भने निर्जीवनतर्फ ४ कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ।

नेप्सेमा जीवनबीमातर्फ १२ र निर्जीवन बीमातर्फ १२ गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् । हालसम्म २० कम्पनीको लाभांश सम्बन्धी निर्णय भइसकेको छ । यो कुल बीमा कम्पनीको लगभग ९० प्रतिशत कम्पनीको निर्णय हो ।

जीवन बीमातर्फ हिमालयन लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीले राम्रै लाभांश दिएका छन् । निर्जीवनतर्फ अब युनाइटेड अजोड, सानिमा जिआइसी, प्रभु इन्स्योरेन्स राष्ट्रिय बीमा कम्पनीको लाभांश सम्बन्धी निर्णय हुन बाँकी छ । उक्तमध्ये सरकारी कम्पनी राष्ट्रिय बीमा कम्पनीले हालसम्म सेयरधनीलाई लाभांश नबाँडेकाले सम्भवतः अब तीन कम्पनीको मात्रै लाभांश सम्बन्धी निर्णय आउनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

समग्रमा बीमा कम्पनीहरुको प्रस्तावित लाभांश सुखद् देखिएको छ । सूचीकृत कम्पनीहरुमा बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको लाभांशदर खस्किँदै गइरहेकोमा बीमा कम्पनीहरुको प्रस्तावित लाभांश पनि उत्कृष्ट देखिएको छ ।

अधिकांश बीमा कम्पनीहरुले बोनस भन्दा नगद लाभांशमा नै बढी जोड दिएका छन् । बीमा कम्पनीहरुको तोकिएको चुक्तापूँजी पुगिसकेकाले बोनस भन्दा बढी नगदमै जोड दिएका हुन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बोनस सेयर दिएका कम्पनीले पनि न्यूनतम बोनस दिएर बढी नगदमै जोड दिएका छन् । नेप्सेमा सूचीकृत जीवन बीमातर्फ सबै कम्पनीको तोकिएको पूँजी पुगिसकेको छ भने  निर्जीवनतर्फ युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्सको पूँजी अझै पुगेको छैन । साथै उक्त कम्पनीहरुले लाभांश घोषणा पनि गर्न बाँकी नै छ ।

अपुग पूँँजी भएका चार निर्जीवन बीमा कम्पनीहरुमा युनाइटेड अजोड र सानिमा जिआइसी हकप्रद निष्कासनको तयारीमा छन् भने राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सले कुनै पनि योजना बनाएका छैनन् । तर यी कम्पनीहरुले पनि बढी बोनस भन्दा नगदमै जोड दिन सक्ने देखिन्छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.