सोमबार, फाल्गुन ४,२०८२ 12:12:54
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:12:54
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकले ३.०६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

नारायणी डेभलपमेन्ट बैंकले ३.०६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयरका लागि आवेदन नपरेकाले उक्त सेयर गत मंसिर १८ गतेदेखि २५ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको थियो ।

उक्त अवधिमा संस्थापक समूहतर्फ २ लाख ९६ हजार ५६५ कित्ता सेयरका लागि मात्रै आवेदन प्राप्त भएकाले बाँकी रहेको ३ लाख  ६ हजार ५९७ कित्ता संस्थापक समूहतर्फको सेयर आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले माघ १८ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको विराटनगर, वीरगञ्ज,हेटौडा, नारायणगढ, पोखरा र बुटवल शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन ४ गते रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.