बिहीबार, श्रावण २१,२०८३ 11:10:51
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:10:51
Bizshala
Global IME Bank Limited

४०० युनिटसहित युरोपमा फोटोन टुनल्यान्ड G7 को ऐतिहासिक माइलस्टोन

४०० युनिटसहित युरोपमा फोटोन टुनल्यान्ड G7 को ऐतिहासिक माइलस्टोन
New Office

काठमाण्डौ । फोटोन टुनल्यान्ड G7 ले इटलीमा ४ सय युनिटको अर्डर प्राप्त गर्दै कोशेढुङ्गा पार गरेको छ । नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड G7 ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको कम्पनीले जनाएको छ । कडा अटोमोटिभ नियम, ग्राहकहरूको उच्च अपेक्षा र कडा गुणस्तर मापदण्डका लागि परिचित इटालीको बजारमा यस्तो सफलता प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि भएको समेत कम्पनीको भनाई छ । 

यो उपलब्धि छोटो समयको सफलता वा ट्रायल इन्ट्रीका लागि मात्र नगरिएको बताउँदै कम्पनीले यो त प्रतिस्पर्धात्मक युरोपेली बजारमा टुनल्यान्ड G7 को डिजाइन, प्रदर्शन, सुरक्षा र समग्र विश्वसनीयताले बलियो स्वीकार्यता पाएको स्पष्ट संकेत भएको जनाएको छ । युरोपेली ग्राहकहरू टिकाउपन, मापदण्ड अनुसारको गुणस्तर र दीर्घकालीन प्रदर्शनलाई उच्च प्राथमिकता दिन्छन्, र टुनल्यान्ड G7 ले ती अपेक्षाहरू आत्मविश्वासका साथ पूरा गरेको कम्पनीले जनाएको छ । 

त्यही विश्वस्तरमा प्रमाणित टुनल्यान्ड G7 अहिले नेपालमा उपलब्ध छ। नेपाली ग्राहकहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त त्यही मोडल पाउने बताउँदै कम्पनीले उही विश्वस्तरीय गुणस्तर, सुरक्षा मापदण्ड र प्रदर्शन हुने प्रतिबद्धता जनाएको छ । विश्वस्तरीय सफलता र स्थानीय उपलब्धताको यो गठजोडले ग्राहक र सरोकारवालाको बीचमा विश्वास अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.