शुक्रबार, असार २६,२०८३ 06:53:49
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 06:53:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानले २०२९ सम्म १२ लाख बढी विदेशी कामदार भित्र्याउने

Laxmi Sunrise Bank Limited
जापानले २०२९ सम्म १२ लाख बढी विदेशी कामदार भित्र्याउने

काठमाण्डौ । जापानी सरकारले आगामी मार्च २०२९ सम्म १२ लाख ३० हजार विदेशी कामदार भित्र्याउने निर्णय गरेको छ। यो योजना दुई कार्यक्रममार्फत कार्यान्वयन गरिनेछ — एक विशेष योग्य कामदार कार्यक्रम र अर्को नयाँ कुशलतावृद्धि तालिम कार्यक्रम।

शुक्रबार सम्पन्न क्याबिनेट बैठकमा दुई कार्यक्रमका क्षेत्रगत कार्यनीतिहरू अनुमोदन गरिएका जापानी मिडियाले बताएका छन् । वर्तमान ‘विशेष योग्य कामदार प्रणाली’ अन्तर्गत १९ औद्योगिक क्षेत्रहरूमा, जसमध्ये औद्योगिक उत्पादन तथा खाद्य तथा पेय पदार्थ उत्पादन प्रमुख छन् । यसमार्फत करिब ८ लाख ५ हजार ७०० जना विदेशी कामदार भित्र्याइनेछ।

New Office
CG Motors
Garima Development Bank

नयाँ ‘कुशलतावृद्धि तालिम कार्यक्रम’ अप्रिल १, २०२७ देखि सुरु गरिनेछ र तीन वर्ष भित्र तालिम प्राप्त कामदारलाई विशेष योग्य स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ। यस कार्यक्रमअन्तर्गत १७ औद्योगिक क्षेत्रहरूमा ४ लाख २६ हजार २०० जना कामदारलाई समायोजन गर्ने योजना छ। यद्यपि, यातायात र विमानन क्षेत्रहरू यस तालिम कार्यक्रममा समावेश गरिएको छैन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले कुल १२ लाख जनाको लक्ष्य राखेको बताएको छ र यो संख्या घरेलु श्रम बजारको अवस्था र उत्पादकत्व सुधारको आधारमा निर्धारण गरिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै न्याय मन्त्री हिरागुची हिरोशीले वर्तमान कार्यक्रमलाई सुधार्ने र नयाँ प्रणालीको सफल सुरुवातका लागि तयारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.