काठमाण्डौ । मेन्छियाम हाईड्रोपावर लिमिटेडको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै आएकी सञ्चालक विनिता थापाको राजीनामा स्वीकृत भएको छ । थापाले आफ्नो व्यक्तिगत कारण देखाएर गत माघ २ गते आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।
कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।