आईतवार, बैशाख ६,२०८३ 09:06:58
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 09:06:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेक रेस्क्युको ठूलो जालो: तीन कम्पनीमार्फत विदेशी पर्यटक ठगी, ६ सञ्चालक/म्यानेजर सीआईबीको फन्दामा

Bizshala
फेक रेस्क्युको ठूलो जालो: तीन कम्पनीमार्फत विदेशी पर्यटक ठगी, ६ सञ्चालक/म्यानेजर सीआईबीको फन्दामा
Shivam Cement

काठमाण्डौ । नेपालमा पर्वतारोहण र ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ‘फेक रेस्क्यु’को नाममा संगठित रूपमा ठगी गरिएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लामो समयदेखि चल्दै आएको यो जालो पर्दाफास गर्दै तीन वटा ट्राभल तथा रेस्क्यु कम्पनीका सञ्चालक र म्यानेजरसहित ६ जनालाई पक्राउ गरेको हो ।

सीआईबीका प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत फेक रेस्क्यु प्रकरणमा संलग्न व्यक्तिहरूलाई अदालतबाट पक्राउ अनुमति लिएर काठमाडौँबाट नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकामाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

को-को परे पक्राउ ?

पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर (चार्टर्ड) सर्भिस प्रालिका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स/एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी रहेका छन् ।

कसरी हुन्थ्यो फेक रेस्क्यु ?

सीआईबीको अनुसन्धान अनुसार पर्वतारोहण वा ट्रेकिङमा गएका विदेशी पर्यटकलाई सामान्य असहजता, हल्का स्वास्थ्य समस्या वा कहिलेकाहीँ कुनै समस्या नै नभएको अवस्थामा समेत ‘आपत्कालीन उद्धार आवश्यक’ भनेर हेलिकोप्टरमार्फत उद्धार गरिएको देखाइन्थ्यो । त्यसपछि ती पर्यटकको बीमा कम्पनीसँग ठूलो रकम दाबी गरिन्थ्यो । यही प्रक्रियालाई व्यवस्थित रूपमा दुरुपयोग गर्दै करोडौँ डलरको नक्कली बीमा दाबी गरिएको सीआईबीको निष्कर्ष छ ।

CG Motors
Garima Development Bank
IME remit

तीन कम्पनी, सयौँ शंकास्पद रेस्क्यु

अनुसन्धानबाट तीन कम्पनीमार्फत भएको फेक रेस्क्युको विवरण यस्तो छः

माउन्टेन रेस्क्यु सर्भिस प्रालि

-कुल रेस्क्यु: १,२४८ जना

-फेक रेस्क्यु: १७१ जना

-बीमा दाबी: १ करोड अमेरिकी डलरभन्दा बढी

नेपाल चार्टर सर्भिस प्रालि

-कुल रेस्क्यु: ४७१ जना

-फेक रेस्क्यु: ७५ जना

-बीमा दाबी: ८२ लाख अमेरिकी डलर

एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स/एसोसिएट्स प्रालि

-कुल रेस्क्यु: ६०१ जना

-शंकास्पद/फेक रेस्क्यु: ७१ जना

-बीमा दाबी: ११ लाख ५३ हजार अमेरिकी डलर

पर्यटन छविमा गम्भीर धक्का

सीआईबीका अनुसार यो प्रकरण केवल आर्थिक ठगीमा सीमित छैन, यसले नेपालको साहसिक पर्यटन, पर्वतारोहण र अन्तर्राष्ट्रिय छवामै गम्भीर प्रश्न उठाएको छ । फेक रेस्क्युका कारण वास्तविक आपतकालीन अवस्थामा उद्धार प्रणालीमाथि नै अविश्वास पैदा हुने खतरा रहेको सीआईबीको भनाइ छ ।

हाल पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । सीआईबीले यस प्रकरणमा अन्य व्यक्ति, कम्पनी तथा बीमा नेटवर्कसमेत जोडिएको आशंकामा अनुसन्धानको दायरा विस्तार गरिने जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.