काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८१ रुपैयाँ र बिक्रीदर १४७.४१ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७४.०१ रुपैयाँ र बिक्रीदर १७४.७२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २००.६५ रुपैयाँ र बिक्रीदर २०१.४७ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०१.५४ रुपैयाँ र बिक्रीदर १०१.९६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.९७ रुपैयाँ र बिक्रीदर ४०.१३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.११ रुपैयाँ र बिक्रीदर २१.२० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.०२ रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.२८ रुपैयाँ र बिक्रीदर ४०.४५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१७ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८१.२७ रुपैयाँ र बिक्रीदर ४८३.२३ रुपैयाँ कायम भएको छ ।

