काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेड खुद ब्याज आम्दानी घटेसँगै घाटामा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७३ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ४३.६१ प्रतिशतले घटेर भएर ३ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको खुद सञ्चालन आम्दानी ३ करोड २ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यस्तै कम्पनीको सञ्चालन नाफा पनि ८ करोड ७३ लाख रुपैयाँले ऋणात्मक बनेको छ। कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी घटेको छ । अघिल्लो आवमा ५६ लाख ६१ हजार रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ५२ लाख ७१ हजारमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ७ करोड ८४ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको वितरणयोग्य मुनाफा ३८ करोड ४२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ३८ करोड ४२ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भमा ४९ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ । यो अवधिसम्म कम्पनीको निक्षेप संकलन ३ अर्ब ८८ करोड रुपैयाँबाट बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
यस्तै कर्जा प्रवाह भने २ अर्ब ४९ करोड रुपैयाँबाट घटेर २ अर्ब ४२ करोडमा खुम्चिएको छ । कम्पनीको खराब कर्जा अनुपात उल्लेख्य बढेको छ । अघिल्लो आवमा १०.४६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १६.७३ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.२६ रुपैयाँ , पीई अनुपात ५५.९४ गुणा ऋणात्मक ,प्रतिसेयर नेटवर्थ १२१.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६९१.२७ रुपैयाँ र तरलता अनुपात ५३.३७ प्रतिशत कायम भएको छ ।

