काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर गत चैत १२ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी,कुमारीपाटी,विर्तामोड,वीरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बाग्लुङ,बेनी,बुटवल घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चेरीकोट दोलखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।