काठमाण्डौ । भारतको सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । भारतको आर्थिक वर्षको सुरुवात भएको पहिलो दिनमै भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
अप्रिल १ गतको इन्ट्रा डे कारोबारमा भारतको सेन्सेक्स इन्डेक्स ७४ हजार २५४ र निफ्टी इन्डेक्स २२ हजार ५२९ विन्दुको उचाईमा पुगेका छन् । तर बजार बन्द हुँदा वृद्धि घटेर सेन्सेक्स इन्डेक्स ७४ हजार ०१४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै निफ्टी पनि १३५ अंकको वृद्धिका साथ २२ हजार ४६२ को विन्दुमा बन्द भयो । सेन्सेक्सका ३० कम्पनीको सेयरमध्ये २० वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो भने १० वटामा गिरावट आयो । यो दिन मेटल र आर्इ टी कम्पनीका सेयरमूल्यमा उछाल आयो ।
यसअघि गत मार्च ७ गते सेन्सेक्सले अल टाइम हाईको उचाई चुमेको थियो । त्यसेबला सेन्सेक्स इन्डेक्स ७४ हजार २४५ विन्दुमा पुगेको थियो । निफ्टी पनि यसअघि गत मार्च ७ गते २२ हजार ५२५ विन्दुको अल टाइम हाईको उचाईमा पुगेको थियो ।