आईतवार, बैशाख ६,२०८३ 05:42:58
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:42:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६ महिनामा ५.२७% ले घट्यो सेयरबजार, निर्जीवन बीमा समूह सर्वाधिक

Bizshala
६ महिनामा ५.२७% ले घट्यो सेयरबजार, निर्जीवन बीमा समूह सर्वाधिक
Shivam Cement

काठमाण्डौ । चालु आवको ६ महिनामा सेयरबजार ५.२७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनासम्ममा नेप्से परिसूचक २६४१.४४ विन्दुमा कायम भएको छ ।

यो परिसूचक चालु आवको पहिलो महिनाको तुलनामा ५.२७ प्रतिशत कम हो । गत साउन महिनामा नेप्से परिसूचक २७८८.३७ विन्दुमा रहेको थियो । यसर्थमा सेयरबजार ६ महिनामा ५ प्रतिशतभन्दा बढीले घट्न पुगेको छ ।

साउन महिनामा नेप्से परिसूचक २७ सयको विन्दुमाथि नै रहेपनि भदौमा भएको जेनजी आन्दोलनका कारण सेयरबजारमा पहिरो नै गएको थियो । जेनजी आन्दोलनको असरले सेयरबजारमा लगभग ३६ अंकको गिरावट आएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आन्दोलनका कारण बजार केही दिन बन्द भएको थियो । जेनजी आन्दोलनपछि असोज २ गते खुलेको सेयरबजारमा नकारात्मक सर्किट लागेर मार्केट क्र्यास नै भएको थियो । सोही दिन बजार १०७.०४ अंकले घटेर नकारात्मक सर्किट लाग्दा नेप्से परिसूचक २५६५.२१ विन्दुमा झरेको थियो ।

त्यसपछि यता सेयरबजारले खासै लय लिन सकेन । जेनजी आन्दोलनले विभिन्न क्षेत्रमा असर पार्दा उद्योगी, व्यापारी र लगानीकर्ताको मनोबल खस्किन पुगेको थियो, जसकारण पुँजीबजार माथि उक्लिन सकेन ।

६ महिनामा अधिकांश सेक्टर घटेका छन् । उत्पादन तथा प्रशोधन समूह, होटल समूह र म्युचुअल फण्ड समूह बाहेक सबै समूह घटेको छ । उत्पादन तथा प्रशोधन समूह १५.५० प्रतिशतले बढेको छ भने होटल समूह १.२६ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड समूह पनि १.२० प्रतिशतले बढेको छ ।

साउन महिनामा ७६३७ विन्दुमा रहेको उत्पादन तथा प्रशोधन समूह पुष महिनासम्म आइपुग्दा बढेर ८८२१ विन्दुमा पुगेको छ । यो समूहमा ११ वटा कम्पनी सूचीकृत छन् । यो समूहमा केही नयाँ कम्पनीहरु सागर डिष्टिलरी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र एसवाई प्यानल पछि मात्रै सूचीकृत भएकाले पनि यो समूह बढेको देखिएको हो ।

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, होटल समूह पनि ६९५६.५८ विन्दुबाट ६ महिनामा बढेर ७०४४.३८ विन्दुमा पुगेको छ । यो समूहमा पनि ७ वटा कम्पनी सूचीकृत छन् । यो समूहअन्तर्गत बन्दीपुर केबलकार केही समयअघि मात्रै सूचीकृत भएकाले यो सेक्टर बढेको देखिएको हो ।

सबैभन्दा घट्ने समूहमा निर्जीवन बीमा समूह रहेको छ । जेनजी आन्दोलनपश्चात् सबैभन्दा निर्जीवन बीमा समूहमा ठूलो धक्का पुगेको छ । आन्दोलनका कारण ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रकमको दाबी परेपछि यो समूह ह्वात्तै घट्न पुगेको हो ।

साउन महिनामा १२४२५.७५ विन्दुमा रहेको यो समूह पुष मसान्तसम्म आइपुग्दा ११.८८ प्रतिशतले घटेर १०९४९.०३ विन्दुमा कायम हुन पुगेको छ ।

त्यस्तै अन्य समूह ११.४० प्रतिशत, लगानी समूह ९.११ प्रतिशत, व्यापार समूह ८.७५ प्रतिशत, लघुवित्त समूह ६.६४ प्रतिशत, हाइड्रोपावर समूह ६.११ प्रतिशत, वाणिज्य बैंक समूह ५.३२ प्रतिशत, फाइनान्स समूह ३.१४ प्रतिशत र जीवन बीमा समूह १.५७ प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.