आईतवार, फाल्गुन ३,२०८२ 05:59:49
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 05:59:49
Bizshala
Global IME Bank Limited

माया खोला हाईड्रोपावरको ७६.४८ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

माया खोला हाईड्रोपावरको ७६.४८ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
Shivam Cement

काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त हुने भएको छ । कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

लक इन अवधि खुल्न लागेको कुल सेयरमा ६६ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १० लाख कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ४८ हजार कित्ता रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले स्थानिय बासिन्दाका लागि विसं २०७९ मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । यस्तै कम्पनीले आम सर्वसाधारण(कर्मचारी समेत)का लागि भने विंस २०७९ माघ १३ गतेदेखि माघ १७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ २०७९ माघ २६ गते बाँडफाँड गरेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।  

कम्पनीले सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने पदमा रहेसम्म तथा पदबाट हटेपछि एक वर्षसम्म सेयर खरिद बिक्री गर्न नपाइने स्पष्ट पारेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.