आईतवार, फाल्गुन ३,२०८२ 08:02:00
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:02:00
Bizshala
Global IME Bank Limited

वित्त खर्च घट्दा र आम्दानी बढ्दा तेह्रथुम पावरको नाफामा ६६% को सुधार

वित्त खर्च घट्दा र आम्दानी बढ्दा तेह्रथुम पावरको नाफामा ६६% को सुधार
Shivam Cement

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको वित्त खर्च घट्नु र आम्दानी बढ्नु कम्पनीको नाफा बढ्ने आधार बनेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ६६.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ११ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड ८८ लाख रहेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै कम्पनीको वित्त खर्च उल्लेख्य घटेको छ । अघिल्लो आवमा ३ करोड ९३ लाख रहेको वित्त खर्च घटेर १ करोड ६२ लाखमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च २२ लाख ६९  हजारबाट बढेर २९ लाख ८२ हजार पुगेको छ ।  

कम्पनीको चुक्तापूँजी ८० करोड रहेको छ । अघिल्लो आवमा १३ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिजर्भको आकार ६७ लाख ९६ हजार रुपैयाँले धनात्मक बनेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.५४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.८५ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२.३१ गुणा र तरलता अनुपात २.४१ प्रतिशत कायम छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.