मंगलवार, कार्तिक ३,२०८३ 03:35:32
  • मंगलवार, कार्तिक ३,२०८३ 03:35:32
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफले पायो अन्तर्राष्ट्रिय अवार्ड

Bizshala
सानिमा रिलायन्स लाईफले पायो अन्तर्राष्ट्रिय अवार्ड
New Office

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो, जसमा एशियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक–केन्द्रित पहलहरूलाई मूल्याङ्कन गरी प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो। यस विधामा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी र व्यवहारिक बीमा रणनीतिहरूको स्पष्ट प्रतिबिम्ब भएको कम्पनीले जनाएको छ।

अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु कम्पनीको लागि गौरवको विषय रहेको र यो अवार्ड कम्पनीको रणनीतिक सोच, टिमको समर्पण र ग्राहक(केन्द्रित दृष्टिकोणको मान्यता रहेको बताए । साथै, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने उद्देश्यमा केन्द्रित रहँदै आएको उल्लेख गरे।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले, कम्पनीले प्राप्त गरेको अन्तर्राष्ट्रिय अवार्डले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपालमा मात्र नभई, एसियाली बीमा बजारमा समेत एक सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप सुदृढ रूपमा स्थापित गरेको बताए ।

उक्त अवार्ड कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक केन्द्रित नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।

हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.