बिहीबार, असार ११,२०८३ 02:33:38
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:33:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचन परिणामपश्चात जापानको सेयर बजारमा उछाल

Laxmi Sunrise Bank Limited
निर्वाचन परिणामपश्चात जापानको सेयर बजारमा उछाल

काठमाण्डौ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ऐतिहासिक निर्वाचन जित हासिल गरेपछि सोमबार जापानी सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ। क्षेत्रीय बजारहरूमा पनि जापानले अग्रता लिएको देखिएको छ।

जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ४६५ सिटको तल्लो सदनमा दुई–तिहाइभन्दा बढी सिटसहित स्पष्ट बहुमत प्राप्त गरेको छ।

प्रधानमन्त्री ताकाइचीको निर्णायक जितपछि जापानको सेयरबजनार मापक निक्की २२५ इन्डेक्स ५.६ प्रतिशतले उक्लँदै ५७ हजार ३३७ अंकमा पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो। त्यस्तै, टोपिक्स इन्डेक्स पनि ३ प्रतिशतभन्दा बढीले बढ्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

New Office
CG Motors
Garima Development Bank

सेक्टरगत रूपमा रियल इस्टेट क्षेत्र सबैभन्दा बढी, ७ प्रतिशतभन्दा बढीले बढेको छ। त्यसपछि स्वास्थ्य सेवा र औद्योगिक क्षेत्र ले उल्लेखनीय लाभ हासिल गरेका छन् ।

कम्पनीगत रूपमा, जापानी इन्टरनेट कम्पनी साइबरएजेन्ट इन्क. १६ प्रतिशतभन्दा बढीले बढ्दै निक्कीको शीर्ष गेनरको रूपमा उभिएको छ। सेमिकन्डक्टर उपकरण निर्माता एडभान्टेस्टको सेयरमूल्य पनि १२ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने सुमितोमो इलेक्ट्रिक इन्डस्ट्रिजको सेयरमूल्य ११ प्रतिशतभन्दा बढीले बढेको छ।

विश्लेषकहरुका अनुसार ताकाइचीको स्पष्ट जित मध्यम अवधिमा बजारका लागि सबैभन्दा सकारात्मक परिणाम हुन सक्छ। रणनीतिक लगानी, कर सुधार तथा विकासमुखी नीतिहरूले सेयर बजारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालका महिनाहरूमा जापानी सेयर बजारले निरन्तर नयाँ उचाइहरू छोइरहेको छ। बजार विश्लेषकहरूले यसलाई ‘ताकाइची ट्रेड’ को प्रभावका रूपमा व्याख्या गरेका छन्। लगानीकर्ताहरूले ताकाइचीका आर्थिक नीतिहरूलाई ‘अबेनोमिक्स’ को निरन्तरता, तर अझ बढी विकासमुखी मानिरहेका छन्। यस्ता नीतिहरूले सेयर बजारलाई टेवा दिने र येनलाई कमजोर बनाउने अपेक्षा गरिएको छ, किनभने ताकाइचीले सहज मौद्रिक नीति र उच्च सरकारी खर्चको पक्ष लिएकी छन्।

यसैबीच, जापानी येन अमेरिकी डलरको तुलनामा १५६.८८ कायम भएको छ। १० वर्षे जापानी सरकारी बन्डको प्रतिफल करिब ४ आधार बिन्दुले बढेर २.२७४ प्रतिशत पुगेको छ भने २० वर्षे बन्डको प्रतिफल करिब ३ आधार बिन्दुले बढेर ३.१५८ प्रतिशतमा पुगेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.