बिहीबार, श्रावण १४,२०८३ 02:50:25
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:50:25
Bizshala
Global IME Bank Limited

अघिल्लो आवमा ५.६१ करोड घाटामा रहेको पिपुल्स हाईड्रोपावर नाफा कमाउन सफल

अघिल्लो आवमा ५.६१ करोड घाटामा रहेको पिपुल्स हाईड्रोपावर नाफा कमाउन सफल
New Office

काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म घाटामा रहेको पिपुल्स हाईड्रोपावर कम्पनी नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिसम्म २५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आवमा भने कम्पनी ५ करोड ६१ लाख घाटामा थियो ।

यो अवधिमा कम्पनीले ५७ करोड १६ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ५३ करोड ५० लाख रहेको थियो । कम्पनीको अन्य आम्दानी भने घटेको छ । अघिल्लो आवमा १२ लाख ७९ हजार रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी घटेर ३ लाख ९५ हजारमा सीमित बनेको छ ।

कम्पनीको वित्त खर्च ३० करोड ६० लाखबाट बढेर ३३ करोड ७४ लाख पुगेको छ । ३ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ५३ लाख ६९ हजार रहेको छ । जुन अघिल्लो आवमा १५ करोड ७४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १ हजार ६७५ रुपैयाँ र तरलता अनुपात २.८० प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.