आईतवार, फाल्गुन ३,२०८२ 10:04:42
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:04:42
Bizshala
Global IME Bank Limited

आम्दानी संकुचनले एचआईडीसीएलको नाफा र ईपीएस दबाबमा

आम्दानी संकुचनले एचआईडीसीएलको नाफा र ईपीएस दबाबमा
Shivam Cement

काठमाण्डौ । आम्दानीमा आएको गिरावटका कारण हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को नाफा र प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दबाबमा परेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९८ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी ५६ करोड ८८ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २८.२३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी ७८ करोड ४ लाख रुपैयाँ रहेको थियो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यद्यपि, कम्पनीले खर्च नियन्त्रणमा भने उल्लेख्य सुधार देखाएको छ। कम्पनीको वित्त खर्च ३२ लाख ३० हजारबाट घटेर २९  करोड २७ लाख, कर्मचारी सुविधा खर्च २ करोड ६९ लाखबाट घटेर १ कराड ८७ लाख र सञ्चालन तथा प्रशासनिक खर्च ७७ लाख ६३ हजारबाट घटेर ६४ लाख १९ हजारमा सीमित बनेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १६ अर्ब ८७ करोड र कुल चालु दायित्व २० करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ घटेको छ । अघिल्लो आवमा ३ अर्ब ४७ करोड रुपैयाँ रहेको रिजर्भको आकार घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित बनेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । अघिल्लो आवमा ४.२५ रुपैयाँ रहेको ईपीएस घटेर ३.२३ रुपैयाँमा खुम्चिएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.०२ रुपैयाँ,पीई अनुपात ७९.०८ गुणा र तरलता अनुपात २७.०७ प्रतिशत कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.