सोमबार, असार २,२०८२ 03:47:05
  • सोमबार, असार २,२०८२ 03:47:05
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताई छुट्टै पहिचान बनाएका गजुरेललाई कम्पनीले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो ।

मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु कम्पनीले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  

सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका छन् । सीईओ प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइलिने उनले विश्वास व्यक्त गरे ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले कम्पनीका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण,सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफले जनाएको छ ।  

उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.