मंगलवार, आश्विन १३,२०८३ 08:44:18
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:44:18
Bizshala
Global IME Bank Limited

अपि पावरको नाफा ३६.७५% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

Bizshala
अपि पावरको नाफा ३६.७५% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास नाफा वृद्धि गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ थियो।

कम्पनीको नाफा वृद्धिमा विशेषगरी वित्त खर्चमा आएको उल्लेखनीय कमीको प्रभाव देखिएको छ। अघिल्लो वर्ष ३३ करोड ९३ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर यस वर्ष २१ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ। प्रशासनिक खर्च पनि २ करोड ५३ लाखबाट घटेर १ करोड ५४ लाख रुपैयाँमा झरेको छ। यद्यपि ह्रासकटी खर्च भने २० करोड ९८ लाखबाट बढेर २१ करोड १७ लाख रुपैयाँ पुगेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आम्दानीतर्फ कम्पनीले विद्युत बिक्रीबाट ९५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढी हो। अन्य आम्दानी भने घटेर ८८ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ। वित्त आम्दानी पनि १ लाख ६० हजारबाट घटेर ७७ हजार रुपैयाँमा झरेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ७४ करोड ८९ लाख रुपैयाँ छ भने कुल चालु दायित्व १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा १०.२६ रुपैयाँ रहेको ईपीएस १४.०३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.६२ गुणा र तरलता अनुपात ०.४७ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.