काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवभिसम्म कम्पनीले आर्जन गरेको ७ करोड ४५ लाखको तुलनामा ८५.१७ प्रतिशतले कम हो ।
कम्पनीले समीक्षा अवधिसम्म ४५ करोड १९ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.८८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी ७८ करोड २३ लाख रहेको छ । यो अवधिमा कम्पनीको कुल खर्च ५६ करोड ५ लाखबाट बढेर ७६ करोड ६६ लाख पुगेको छ । यस्तै कम्पनीको बीमा दाबी भुक्तानी पनि ३१ करोड ३८ लाखबाट बढेर ४९ करोड ३९ लाख पुगेको छ ।
महाविपत्ती कोषमा कम्पनीले ८ करोड ७१ लाख सञ्चित गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ९७.५१ प्रतिशत अर्थात ९ करोड १३ लाखबाट घटेर २२ लाख ७२ हजारमा झरेको छ ।
कम्पनीको सोल्भेन्सी रेसियो ४२४.५० प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८४.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९०.५८ गुणा कायम भएको छ ।

