मंगलवार, आश्विन १३,२०८३ 05:17:53
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:17:53
Bizshala
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी, कुनको कति ?

Bizshala
हकप्रद निष्कासनका लागि बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी, कुनको कति ?
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ४ बीमा कम्पनी सहित १३ वटा कम्पनी हकप्रद सेयर निष्कासन अनुमतिको पर्खाइमा छन् ।  

बोर्ड अध्यक्षबिहिन हुँदा लामो समयदेखि विभिन्न कम्पनीको आईपीओ, एफपीओ र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको छ । लामो समयपश्चात् सेबोनले साधारण सेयर निष्कासन गर्न कम्पनीहरुलाई अनुमति दिने तयारी समेत गरेको छ ।

हकप्रद निष्कासनको लागि चार वटा बीमा कम्पनी बोर्डको पाइपलाइनमा छन् । दुईवटा जीवन बीमा कम्पनी र दुईवटा निर्जीवन बीमा कम्पनीले चुक्तापुँजी बढाउन हकप्रदको बाटो रोजेर बोर्डमा अनुमतिको लागि निवेदन दिएका हुन् ।  

चारवटा बीमा कम्पनीले कुल ४ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेका हुन् । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० र प्रभु महालक्ष्मी लाइफ छन् भने निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्स छन् ।  

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएपछि उक्त चार कम्पनीले हकप्रदको बाटो रोजका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जीवन बीमातर्फ एलआइसी नेपालले कायम चुक्तापुँजीको ८८ प्रतिशत अर्थात १ः०।८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड २४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले १ः०।१७ अनुपातमा ७३ करोड ३ लाख रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब २९ करोड रुपैयाँ छ ।  

साथै निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्सले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः६।६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

कम्पनीको हकप्रदपश्चात २ अर्ब ५० करोड चुक्तापुँजी पुग्नेछ । कम्पनीको गत आवको मुनाफाबाट ५।५० प्रतिशत बोनस सेयरपश्चात् कायम चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ छ ।  

त्यस्तै, नेको इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०।२५ अनुपातमा ५० करोड ३० लाख ९० हजार रुपैयाँको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी साढे २ अर्ब पुग्नेछ । कम्पनीको हालको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.