काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.७२ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७१.७६ रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९७.५४ रुपैयाँ र बिक्रीदर १९८.३५ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.३९ रुपैयाँ र बिक्रीदर १०२.८१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.४० रुपैयाँ र बिक्रीदर ३९.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.९५ रुपैयाँ र बिक्रीदर २१.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.१९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.७० रुपैयाँ र बिक्रीदर ३९.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७४.२६ रुपैयाँ र बिक्रीदर ४७६.२२ रुपैयाँ कायम भएको छ ।

