सोमबार, फाल्गुन ४,२०८२ 10:24:40
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:24:40
Bizshala
Global IME Bank Limited

IDEA to IPO सम्झौता: ‘होलिडे इन एक्सप्रेस एण्ड सुइट्स धुलाबारी’को आईपीओ तयारी अघि बढ्यो

IDEA to IPO सम्झौता: ‘होलिडे इन एक्सप्रेस एण्ड सुइट्स धुलाबारी’को आईपीओ तयारी अघि बढ्यो
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड र होटल इस्टर्न नेपाल लिमिटेड (होलिडे इन एक्सप्रेस एण्ड सुइट्स धुलाबारी) बीच सर्वसाधारणमा प्राथमिक सेयर (IPO) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एनआईसी एशिया क्यापिटलले आफ्नै ‘IDEA to IPO’ सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीलाई स्थापना चरणदेखि आईपीओ निष्कासनसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ। यही सेवाअन्तर्गत झापाको मेचीनगर–१० मा कार्यालय रहेको होटल इस्टर्न नेपाल लिमिटेडलाई प्रचलित कानुनअनुसार सार्वजनिक कम्पनीमा रूपान्तरण गरी भविष्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाइने भएको हो।

होटल इस्टर्न नेपाल लिमिटेड झापाको मेचीनगर–१०, धुलाबारीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटल हो। होटल सञ्चालनका लागि कम्पनीले InterContinental Hotels Group Asia Pacific Pte. Ltd. (IHG) अन्तर्गतको विश्वप्रसिद्ध ब्रान्ड Holiday Inn Express & Suites सँग व्यवस्थापन सम्झौता गरिसकेको छ। यस सम्झौताअनुसार होटलको समग्र व्यवसायिक विस्तार, सञ्चालन तथा व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरको प्रत्यक्ष संलग्नता रहनेछ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

निर्माणको अन्तिम चरणमा रहेको होटल इस्टर्न नेपालले वि.सं. २०८३ जेठभित्र सफ्ट ओपनिङ गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाएको जनाएको छ। होटल सञ्चालनमा आएपछि क्यासिनो, उच्चस्तरीय गेमिङ तथा मनोरञ्जन, रूफटप स्विमिङ पुल, लक्जरी सुट्स तथा आधुनिक कोठा, बैंक्वेट हल, बहुविध रेष्टुरेन्ट, रूफटप रेष्टुरेन्ट, जाकुजी, स्पा, पूर्ण रूपमा सुसज्जित हेल्थ क्लब, इन–हाउस लन्ड्री तथा प्रोफेशनल हाउसकिपिङ सेवा उपलब्ध हुनेछन्।

होटल भारतीय सीमाबाट करिब ७ किलोमिटर तथा बागडोगरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित रहेकाले भारतीय पर्यटकलाई लक्षित सेवा प्रवाह गर्न सहज हुने बताइएको छ। अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालनमा आएपछि पूर्वी नेपाल मात्र नभई समग्र देशको पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, एनआईसी एशिया क्यापिटलले ‘IDEA to IPO’ सेवा अन्तर्गत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी सर्वसाधारण सेयर निष्कासनसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ। उक्त सेवा लिन इच्छुक कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत श्री दामोदर रायमाझीलाई सम्पर्क गर्न सक्ने जानकारी दिइएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.