बिहीबार, श्रावण १४,२०८३ 09:37:59
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:37:59
Bizshala
Global IME Bank Limited

बेलायतमा बेरोजगारी दर पाँच वर्षकै उच्च स्तरमा, युवावर्ग सबैभन्दा बढी प्रभावित

बेलायतमा बेरोजगारी दर पाँच वर्षकै उच्च स्तरमा, युवावर्ग सबैभन्दा बढी प्रभावित
New Office

काठमाण्डौ । बेलायतमा २०२५ को अन्त्यसम्म बेरोजगारीको दर पछिल्ला पाँच वर्षमा सबैभन्दा उच्च स्तरमा पुगेको छ। बेलायतको तथ्यांक कार्यालयको तथ्यांक अनुसार, नोभेम्बरमा ५.१ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ५.२ प्रतिशत पुगेको छ।

बेरोजगारीको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको छ। १६–२४ वर्ष उमेर समूहमा बेरोजगारी १६.१ प्रतिशत पुगेको छ, जुन दश वर्षभन्दा बढीमा सबैभन्दा उच्च हो।

सांख्यिक तथ्यांकले रिटेल र होलसेल सेक्टरमा ६५ हजार जागिर कम भएको देखाएको छ । जबकि स्वास्थ्य र सामाजिक सेवा सेक्टरमा ३९ हजार नयाँ जागिर सिर्जना भएको छ। धेरै महिला कामदारहरू रिटेलबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्दैछन्।

बेलायत सरकारको आर्थिक नीति र कर वृद्धिले रोजगार बढाउने प्रक्रियामा बाधा पुर्याएको जनाइएको छ। विपक्षी दलहरूले कर र न्यूनतम तलब वृद्धिले नयाँ रोजगार अवसर घटाएको आरोप लगाएका छन्।

तलब वृद्धिमा ढिलाइ भएको देखिएको छ । नोभेम्बरमा ४.४ प्रतिशत रहेको वार्षिक वृद्धि डिसेम्बरमा ४.२ प्रतिशत पुगेको छ। अर्थशास्त्रज्ञहरूले यसले बेलायतको केन्द्रीय बैंकलाई आगामी मार्चमा ब्याजदर घटाउने सम्भावना बढाएको बताएका छन्।

विशेषज्ञहरूले एआईमा लगानीले विशेष गरी युवा वर्गमा इन्ट्री लेभलका जागिरहरू खोसिन सक्ने चेतावनी दिएका छन्। यसैबीच, युवा बेरोजगारको दीर्घकालीन असरमा स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा प्रणालीमा दबाब पर्ने सम्भावना बढेको जनाइएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.