काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले गत आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
यससँगै उक्त सेयरहरु भोलिदेखि दोस्रो बजार कारोबारमा आउनेछन् ।