काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले गत आर्थिक वर्षका लागि १६ प्रतिशत बोनस सेयर र ०.८४ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १६ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
यससँगै उक्त सेयरहरु भोलिदेखि दोस्रो बजार कारोबारमा आउनेछन् ।