काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित दुईवटा जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई जलविद्युत केन्द्र (२२ मेवा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेवा)बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।
गत असोज १८ गते आएको अविरल वर्षाका कारण माई खोलामा आएको बाढी र पहिरोका कारण यी दुवै आयोजना केही समयका लागि बन्द भएका थिए । बाढीले यी जलविद्युत केन्द्रका हेडवर्क्स क्षेत्रका संरचनाहरूमा क्षति पुर्याएको थियो।
तर, क्षति पुगेका संरचनाहरू मध्ये हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत र परीक्षण कार्य सम्पन्न गरी दुवै जलविद्युत केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ। यससँगै विशेष परिस्थिति पनि समाप्त भएको कम्पनीले जनाएको छ ।

