काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई फागुन २३ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघि जोशी कम्पनीमा कामु सीईओको रुपमा कार्यरत थिए ।

