काठमाण्डौ । सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ नामक नयाँ अफर ल्याएको छ । यो आफरमार्फत ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा ३८% सम्मको र फ्रिज तथा वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले ०% ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्नेछन् । यो विशेष छुट अफर आगामी जेठ २ गतेसम्म लागू हुनेछ ।
सामसङले यो नयाँ वर्षको अफरमाग्राहकहरूलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडीलगायतका टिभी खरिद गर्दा ३८%सम्मको छुट दिएको छ । ग्राहकहरुले आफ्नो नागरिकता मात्रै पेश गरी ५५ इन्चको वात्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्ने कम्पनीले जनाएको छ । साथै,इनस्टा फाइनान्स सेवामार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्चको वासो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउन सकिनेछ । कम्पनीले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ।
यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नेछन् । अझ छानिएका सामसङको ७५ इन्च भन्दा ठुलो क्रिस्टल् युएचडीटिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् । ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्चको युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८)मोबाइल फोनमा रु. ५ हजारको छुट पाउन सकिनेछ ।
अफरअन्तर्गत फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्रदान समेत रहेको छ । कम्पनीले ग्राहकहरूका लागि एआई इकोबबल फ्रन्ट लोडवाटप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यास ब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ ।