काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
कम्पनीको गत कात्तिक २ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
साथै भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुले कम्पनीको सेयर अभौतिकिकरण गराउन कम्पनीले अनुरोध समेत गरेको छ ।

