सोमबार, असार २,२०८२ 10:40:16
  • सोमबार, असार २,२०८२ 10:40:16
Global IME Bank Limited

एचआईडीसीएलको १.७८ करोड कित्ता संस्थापक सेयरमा आजदेखि आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
एचआईडीसीएलको १.७८ करोड कित्ता संस्थापक सेयरमा आजदेखि आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर,विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख ९ गते रहेको छ । बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको सेयर खरिद गर्ने सेयरधनीहरु समूह क को उपसमूह क–२ अन्तर्गतको अन्य संस्थापक उप–समूहमा रहनेछन् । उक्त सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भएपश्चात ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.