काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९८ रुपैयाँ र बिक्रीदर १३३.५८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.१० रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९६ रुपैयाँ र बिक्रीदर १६८.७२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५७ रुपैयाँ र बिक्रीदर ८७.९६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७८ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२१ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.०१ रुपैयाँ र बिक्रीदर २८.१४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५२.७१ रुपैयाँ र बिक्रीदर ३५४.३० रुपैयाँ कायम भएको छ ।