सोमबार, बैशाख ७,२०८३ 12:09:01
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:09:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भीषण पहिरो झरेको सुनचाँदी बजार सम्हालियो, १२ घण्टामै बाउन्सब्याक

Bizshala
भीषण पहिरो झरेको सुनचाँदी बजार सम्हालियो, १२ घण्टामै बाउन्सब्याक
Shivam Cement

काठमाण्डौ । जसरी खसेको थियो, त्यसैगरी बाउन्सब्याक हुँदै सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा पुनः उकालो लाग्न थालेको छ । केही घण्टाअघिसम्म तीव्र गिरावट देखिएको सुनचाँदीको मूल्य अहिले सम्हालिँदै सकारात्मक दिशातर्फ फर्किएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अन्तर्राष्ट्रिय बजारअनुसार सुनको मूल्य प्रति औंस ४,७२० डलर नजिक पुगेको छ, जुन करिब २.५५ प्रतिशतले बढेको हो । त्यस्तै चाँदीको मूल्य पनि उकालो लाग्दै प्रति औंस ७३.८८ डलर आसपास पुगेको छ, जसमा करिब ३.७ प्रतिशतको वृद्धि देखिएको छ ।

यसअघि करिब १२ घण्टाअघि बजारमा सुनचाँदीको मूल्यमा भीषण गिरावट आएको थियो । लगानीकर्ताबीच बेचैनी बढेको अवस्थामा बजारमा ‘सेल अफ’ देखिएको थियो । तर पछिल्लो अपडेटले भने बजारमा सुधार देखिएको छ र मूल्य पुनः उकालो लाग्न थालेपछि लगानीकर्ताले केही राहत महसुस गरेका छन् ।

CG Motors
Garima Development Bank
IME remit

विज्ञहरूका अनुसार छोटो अवधिको तीव्र गिरावटपछि बजारमा ‘टेक्निकल बाउन्स’ देखिएको हुन सक्छ । साथै, अन्तर्राष्ट्रिय आर्थिक संकेतहरू, मुद्रास्फीति र डलरको उतारचढावले पनि सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

बजार विश्लेषकहरू भने अझै सतर्क रहन सुझाव दिइरहेका छन् । उनीहरूका अनुसार यस्तो उतारचढावको अवस्था केही समय कायम रहन सक्ने भएकाले लगानी गर्दा सावधानी अपनाउन आवश्यक छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.