काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामै ७ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेको छ । आजको लागि चाँदीको मूल्य प्रतितोला ४ लाख ८९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ थियो ।

